हिक्मत कुमार रतन
दैलेख भदौ १
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले साउन महिनामा १ लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको छ । असार अन्तिम देखी साउन मसान्त सम्ममा उक्त रकम संकलन गर्न सफल भएको हो । प्रहरीले एक महिनामा ६६ बसलाई कार्बाही गरी ३४ हजार ५ सय, ६१ ट्रकलाई कार्बाही गरी ३१ हजार ५ सय, ४१ ट्याक्टरलाई कार्बाही गरी २१ हजार, ५० जिप तथा कारलाई कार्बाही गरी २६ हजार ५ सय, २६ मोटरसाईकललाई कार्बाही गरी २२ हजार गरी जम्मा २ सय ५४ यातायातका साधनलाई कार्बाही १ लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख छविलाल ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार श्रावण महिनामा छुट्टाछुट्टै ६ सवारी साधन दुर्घटना भएकोमा १ जना सामान्य घाईते भएको जानकारी दिएका छन् ।
दैलेखमा श्रावण महिनामा सबै भन्दा बढि बस चालकले सवारी नियम उल्लङघन गरेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले ट्राफिक चेकजाँचमा कडाई गरे संगै सवारी साधन दुर्घटनामा कमी आएको छ ।









